स्पेनिस क्लबसँग गण्डकी ११ को हार, डिफेन्डरमा थिए ‘दीपक मनाङे’
पाेखरा | पुस १३, २०७९
पोखरा: स्पेनिस बि डिभिजन क्लब कासेरेन्यो सीपीले गण्डकी ११लाई ३–० ले पराजित गरेको छ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा कासेरेन्यो खेलाडी कारमेलो, बेरमु र स्पेनका पूर्व राष्ट्रिय खेलाडी माइकल कारलेरोले एक–एक गोल गर्दै जित हासिल गरेका थिए ।
कारमेलोले २३ औं मिनेटमा, माइकलले ३५ औं मिनेटमा र दास्रो हाफ इन्जुरीको समयमा बेरमुले तेस्रो गोल गर्दै जित सुनिश्चित गरका हुन् ।
गण्डकी ११ को टिमलाई अनिल गुरुङले कप्तानी गरेका थिए । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि मैदान उत्रिएका थिए । उनी डिफेन्डरको जिम्मेवारी सम्हाल्दै खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको खेलमा सहभागी हुन ५५ जनाको टोली पोखरा आएको थियो । उक्त टोलीले बिहीबार काठमाडौं(११ सँग काठमाडौं दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछन् ।




काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

